गुल्मीको रुरु क्षेत्र ५ आटीपाटामा पहिरो, एक घर बगायो, ४ जना पुरिएको आशंका « Khabarhub

गुल्मीको रुरु क्षेत्र ५ आटीपाटामा पहिरो, एक घर बगायो, ४ जना पुरिएको आशंका


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको रुरु क्षेत्र गाउँपालिका ५ आटीपाटामा पहिरोले एक घर बगाएको छ ।

पहिरोमा परी घरमा रहेका ४ जना पुरिएको आशंकासहित स्थानीयबासी उद्धारकार्यमा जुटेका छन् ।

अहिले घटनास्थलमा वडाअध्यक्ष हरि ज्ञवाली र इलाका प्रहरी कार्यालय रिडी तथा प्रहरी चौकी श्रिंगाको टोली घटनास्थल जाँदै छ ।

घटनास्थल टाहाटिमभन्दा तलको पाखो क्षेत्र हो । बाटो विस्तारका क्रममा पहिरोको जोखिम बढेको यो क्षेत्रमा साँझ पहिरो गएको जानकारी आएको वडाध्यक्ष ज्ञवालीले बताए ।

रातिको समय र घटनास्थल पुग्ने बाटो पनि कठिन भएकाले घटनास्थल पुग्न कठिन भइरहेको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : १८ बजे

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले