कोरोना संक्रमित बढेपछि विराटनगरमा पुन: साउन ३० सम्म लकडाउन | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि विराटनगरमा पुन: साउन ३० सम्म लकडाउन


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि लागू हुनेगरी साउन ३० सम्मका लागि नगरक्षेत्रमा लकडाउन गरेको छ ।

महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी लकडाउन लागू गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

विराटनगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थिति सिर्जना भइसकेकाले बन्दाबन्दीको निर्णय गरिएको उनले बताए ।

बन्दबन्दीमा बजार र सर्वसाधारणको आवागमन पूर्णरुपमा रोक लगाइएको छ । उक्त अवधिमा खाद्यान्न, तरकारी तथा फलफूल पसल (पुरानो र नयाँ गुद्री बजारबाहेक) औषधि पसल, दूध, पानी, ग्यास/इन्धन, अक्सिजन, बारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम (बहिरङ सेवाबाहेक), आइसिपीबाट आउनेजाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारलगायत अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा महानगर क्षेत्रभित्र बन्द गरिएको छ ।

विराटनगरमा आजसम्म सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : १२ बजे

फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई दियो फाइटर जहाज

किभ– फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई अत्याधुनिक लडाकु विमान दिएको छ

‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, कीर्तिमानी व्यापार

काठमाडौं – गएको कात्तिक १५ (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आएको फिल्म

प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

लुम्बिनी – लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा

लप्सीफेदी सबस्टेसन निर्माणमा सांसद गौतमको आपत्ति, स्थानीयको उठिबास हुने चिन्ता

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको शंखरापुर लप्सेफेदीमा मानव

बुटवलमा खुल्यो १२ करोड लगानीको दोस्रो सिद्धार्थ कटेज

बुटवल- सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’ सञ्चालनमा