अपडेट : गुल्मीमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ को मृत्यु « Khabarhub

अपडेट : गुल्मीमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ को मृत्यु


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ टाहाटिम आटिपाटामा शुक्रबार साँझ पहिरोले घर बगाउँदा एकै घरका ४ जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय राजु बोटेको घर बगाउँदा चार जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।

पहिरोमा परेर राजु बोटेकी श्रीमती र दुई छोरा र एक छोरीको ज्यान गएको उनले बताए ।

राजु बोटे भने वैदेशिक रोगारीमा छन । अहिले घटनामा परेकाहरुको उद्धारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली घटना स्थल जाँदै छ ।

“त्यहाँ पुग्ने बाटोसमेत पहिरोले अबरुद्ध हुँदा हामी पुग्न अझै २ घण्टा जति लाग्छ, भौतिक र मानवीय क्षतिको खबर आएको भएपनि अहिले यत्तिकै केही भन्ने अवस्था छैन ।” रिडिका प्रहरी नायब निरीक्षक शालिकराम थापाले भने ।

टाहाटिम बजारसम्म पुग्ने बाटोसमेत अबरुद्ध भएकाले त्यहाँबाट करिब २ घण्टाको पैदल यात्रा पछि घटनास्थल पुगिन्छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ५० बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्