बेलारूसमा राष्ट्रपति लुकाशेन्कोविरूद्धको प्रदर्शनमा धरपकड, एक सयभन्दा बढी पक्राउ « Khabarhub

बेलारूसमा राष्ट्रपति लुकाशेन्कोविरूद्धको प्रदर्शनमा धरपकड, एक सयभन्दा बढी पक्राउ


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले धाँधली गरेर चुनाव जितेको आरोपमा बेलारूसमा तीन सातादेखि जारी प्रदर्शन झन् चर्किएको छ ।

आइतबार हजारौं मानिसले लुकाशेन्कोविरुद्ध प्रदर्शन गर्दा प्रहरीले धरपकड गरेको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायरलगायतका स्थानहरुबाट प्रहरीले १२५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

तस्वीर : एपी

बेलारुसमा अगष्ट ९ मा सम्पन्न निर्वाचनपछि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै राष्ट्रपति लुकाशेन्कोले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

२५ वर्षदेखि सत्तामा रहँदै आएका लुकाशेन्कोले भने चुनावमा कुनै धाँधली नभएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ६ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया