कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० को मृत्यु « Khabarhub

कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० को मृत्यु


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

नाग्म वजारमा संगै जोडिएका पाँच वटा घर पहिरोले पुर्दा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नम्बर ७ का वर्ष ४० का परेक शाहीसहित उनका दुई छोरा र एक छोरीको मृत्यु भएको हो । श्रीमती पुन्ने शाहीलाई भने घाईते अवस्थामा उद्धार गरिएको छ ।

किराना पसल गर्दै आएका शाहीसहित उनका वर्ष पाँचका छोरा निराजन, सात वर्षकी छोरी हिमा र दुर्ई महिनाका छोरा अकलको शव पहिरो पन्छाएर स्काभेटरको सहयोगमा निकालिएको कालीकोटका प्रहरी प्रमुख, डीएसपी श्यामवावु ओलियाले जानकारी दिए ।

यस्तै सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु, ६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापाको पनि मृत्यु भएको उनले बताए ।

घटनास्थल जुम्ला जिल्लाको सीमानामा पर्दछ । शनिबार राति परेको पानीले आईतवार बिहान ८ वजे पहिरो झरेर वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति बिक र बिर भेरीकारका घर भत्कीएका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ९ : ०३ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले