कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० को मृत्यु « Khabarhub

कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० को मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

नाग्म वजारमा संगै जोडिएका पाँच वटा घर पहिरोले पुर्दा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नम्बर ७ का वर्ष ४० का परेक शाहीसहित उनका दुई छोरा र एक छोरीको मृत्यु भएको हो । श्रीमती पुन्ने शाहीलाई भने घाईते अवस्थामा उद्धार गरिएको छ ।

किराना पसल गर्दै आएका शाहीसहित उनका वर्ष पाँचका छोरा निराजन, सात वर्षकी छोरी हिमा र दुर्ई महिनाका छोरा अकलको शव पहिरो पन्छाएर स्काभेटरको सहयोगमा निकालिएको कालीकोटका प्रहरी प्रमुख, डीएसपी श्यामवावु ओलियाले जानकारी दिए ।

यस्तै सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु, ६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापाको पनि मृत्यु भएको उनले बताए ।

घटनास्थल जुम्ला जिल्लाको सीमानामा पर्दछ । शनिबार राति परेको पानीले आईतवार बिहान ८ वजे पहिरो झरेर वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति बिक र बिर भेरीकारका घर भत्कीएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : ०३ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका