भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा फेरि झडप « Khabarhub

भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा फेरि झडप


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  भारत र चीनका सेनाबीच लद्दाखमा फेरि झडप भएको छ ।

पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच धकेलाधकेल भएको बीबीसी हिन्दीले जनाएको छ ।

झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको छ। झडपमा के कति हताहती भयो भन्नेबारे अहिलेसम्म केही पनि खुलाइएको छैन ।

भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन्।

यसअघि जुन १५ मा लद्दाखकै गलवान क्षेत्रमा भएको झडपमा  २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुबै  मुलुकका सेनाले सीमा क्षेत्रमा तैनाथी बढाएका थिए ।

चिनियाँ सेनाले हिमाली क्षेत्रमा अत्याधुनिक हतियारसहित सैन्य अभ्यास गरेको सार्वजनिक भएको थियो भने भारतीय सेनाले जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएको थियो ।

१३४ किलोमिटर लामो प्याङ्गोङ ताल ६०४ वर्ग किलोमिटर क्षेत्रफलमा तिब्बतदेखि भारतीय क्षेत्रसम्म फैलिएको छ।

उक्त तालको दुई तिहाई हिस्सामा आफ्नो नियन्त्रणमा राखेको चीनले अतिक्रमण आफ्नो क्षेत्रमा पनि अतिक्रमण गर्न खोज्दा विवाद हुँदै आएको भारतीय दाबी छ । उक्त तालको ४५ किलोमिटर पश्चिमी भाग भारतको नियन्त्रणमा छ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : २६ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको