गाँजासहित पोखराबाट २ युवक पक्राउ | Khabarhub Khabarhub

गाँजासहित पोखराबाट २ युवक पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रहरीले गाँजासहित पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ किलो १ सय ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ का २० वर्षीय शिलास बिक र तनहुँको शुक्लागण्डकी १२ का सञ्जोक बिक रहेका छन् ।

आइतबार राति ग ९ प ६०२८ नम्बरको पल्सर मोटरसाइकल चेजाँचका क्रममा उनीहरूको साथबाट ६ किलो १ सय ग्राम गाँजा र १ थान लागुऔषध बनाउने मेसिनसहित पक्राउ गरिएको हो ।

उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विपरितको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : ५५ बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल