गाँजासहित पोखराबाट २ युवक पक्राउ « Khabarhub

गाँजासहित पोखराबाट २ युवक पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रहरीले गाँजासहित पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ किलो १ सय ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ का २० वर्षीय शिलास बिक र तनहुँको शुक्लागण्डकी १२ का सञ्जोक बिक रहेका छन् ।

आइतबार राति ग ९ प ६०२८ नम्बरको पल्सर मोटरसाइकल चेजाँचका क्रममा उनीहरूको साथबाट ६ किलो १ सय ग्राम गाँजा र १ थान लागुऔषध बनाउने मेसिनसहित पक्राउ गरिएको हो ।

उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विपरितको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : ५५ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।