चितवनमा कोरोना जितेर डिस्चार्जको तयारीमा रहेकी महिलाको मृत्यु « Khabarhub

चितवनमा कोरोना जितेर डिस्चार्जको तयारीमा रहेकी महिलाको मृत्यु



चितनव- चितवनमा कोरोना जितेर डिस्चार्ज गर्ने तयारीमा रहेकी एक महिलाको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ भएपछ अस्पतालमा भर्ना भएकी उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारीमा रहेकै बेला चितवनको पुरानो मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

आज दिउँसो उनको मृत्यु भएको अस्पतालका सीईओ सुप्रभात श्रेष्ठले पुष्टि गरे । मृतक नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकाकी ७५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

उनको मृत्युको विषयमा अस्पतालले छानविन तथा अनुसन्धान जारी राखेको छ ।

ती महिलालाई कोरोना पुष्टि भएपिछि उनको हेरचाहमा खटिएका दुई जना आफन्तहरुलाई पनि कोरोना पुष्टि भएको छ ।

उनीहरुको हाल नवलपुर प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ३ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना