स्क्वास प्रशिक्षक थापाले ‘जीते’ कोरोना « Khabarhub

स्क्वास प्रशिक्षक थापाले ‘जीते’ कोरोना


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय स्क्वास टिमका मुख्य प्रशिक्षक हिरा थापा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको २४ दिनपछि थापा कोरोना मुक्त भएका हुन् ।

उनले सोमबार सञ्जाल फेसबुकबाट आफू कोरोना मुक्त भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘अन्ततः आज बिहान मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ र म परिवारसँगै घर फर्किएको छु । तर म अझै केही दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्नेछ।’

थापाले फेसबुकमा लेखेका छन्, ‘मलाई २४ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि म आफै आइसोलेसनमा बसेँ । पोजेटिभ भए पनि मलाई कुनै लक्षण देखिएको थिएन । मेरो स्वास्थ्य लाभको प्रार्थनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

गत साउन २५ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सातदोबाटोस्थित स्क्वास संघको भवनमा सेल्फ आइसोलेसनमा बसेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ३ : २७ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित