आज थपिए ८९९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? ( विवरणसहित) « Khabarhub

आज थपिए ८९९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? ( विवरणसहित)

हालसम्म संक्रमित- ३९,४६०, संक्रमणमुक्त- २१,४१०, मृत्यु- २२८


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

आज संक्रमित भएकामध्ये ३०३ जना महिला र ५९६ जना पुरुष रहेका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ ।

कहाँ कति थपिए ?

सोमबार थपिएका संक्रमितमध्ये प्रदेश १ का जिल्लाहरुमा ओखलढुंगामा एकजना, खोटाङका एकजना, झाापका ५ जना, मोरङका १९ जना, संखुवासभाका ९ जना र सुनसरीका २५ जना छन् ।

डा गौतमका अनुसार प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३१ जना, पर्साका ३४ जना, बाराका २३ जना, महोत्तरीका ६ जना, रौतहटका एकजना, सप्तरीका २२ जना, सर्लाहीक १०३ र सिरहाका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १९० जना, काभ्रेका १३ जना चितवनका ७१ जना, दोलखाका २ जना, धादिङका एकजना, भक्तपुरका ४१ जना, मकवानपुरका ४१ जना, रामेछापका २ जना, ललितपुरका ६७ जना, सिन्धुपाल्चोकका एकजना र सिनधुलीका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३ जना, गोरखाका १३ जना, तनहुँका २६ जना, नवलपरासी पूर्वका ४ जना, लमजुङका २ जना, बाग्लुङका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २ जना, कपिलवस्तुका एकजना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, बर्दियाका २ जना, बाँकेका १४ र रुपन्देहीका ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका एकजना र सुर्खेतका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूपरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका २३ जना, कंचनपुरका ७ जना, कैलालीका १६ जना, डोटीका एकजना, बझाङका एकजना र बैतडीका २ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२८पुगेको छ ।

आज मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ०६ बजे

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १०

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने