श्रम स्वीकृति खुलाउने सरकारको निर्णय « Khabarhub

श्रम स्वीकृति खुलाउने सरकारको निर्णय


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो।

‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा श्रम गन्तव्यको मागको आधारमा श्रम स्वीकृति खुला गर्ने गर्ने निर्णय भएको छ’, उनले भने, ‘धेरै समयदेखि श्रम स्वीकृति अड्किएको थियो।  श्रम स्वीकृति खुला गर्ने निर्णयले रोजगार गन्तव्यमा जान तयारी श्रमिकलाई सजिलो हुनेछ।

मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागिएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ।

यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। आइतबारको मन्त्रिपरिषद्ले उडान संख्या थप गर्ने निर्णय गरेर ८ सयसम्म यात्रु नेपाल आउन पाउने व्यवस्था गरेको हो।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी