राजेन्द्र बजगाईंले त्यागे कांग्रेस  « Khabarhub

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेका छन् । 

सामाजिक सञ्जालमार्फत आइतबार उनले पार्टीभित्रको पछिल्लो निर्णय र आन्तरिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै कांग्रेसमा नबस्ने निर्णय गरेको बताएका हुन् ।

बजगाईंले पूर्वसभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) का सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति खेद व्यक्त गर्दै त्यसको औचित्य नरहेको टिप्पणी गरे । 

‘सदस्यता फेरि–फेरि भर्नुपर्ने कारण छैन, त्यसको औचित्य देखिँदैन,’ उनले उल्लेख गरेका छन् ।

उनले पार्टीभित्र संस्कार, इतिहास र प्रगति पथ अनिश्चिततामा हराएको आरोप लगाउँदै विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा बस्न नसक्ने बताएका छन् ।

बजगाईँका अनुसार विशेष समूहहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन् । 

प्रभाव प्रयोग गरेर आधिकारिकता लिन नसके अप्ठ्यारो परिस्थिति सिर्जना गर्दै तथ्यांक संकलनको नाममा भित्री षड्यन्त्रमार्फत पार्टी नियन्त्रण गर्ने प्रयास भइरहेको उनको आरोप छ ।

उनले सदस्यताको ‘डीएनए’ बनाउने नाममा पार्टीभित्र शक्ति सन्तुलन परिवर्तन गर्ने खेल भइरहेको दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ७ : ३१ बजे

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज