राजेन्द्र बजगाईंले त्यागे कांग्रेस  « Khabarhub

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेका छन् । 

सामाजिक सञ्जालमार्फत आइतबार उनले पार्टीभित्रको पछिल्लो निर्णय र आन्तरिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै कांग्रेसमा नबस्ने निर्णय गरेको बताएका हुन् ।

बजगाईंले पूर्वसभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) का सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति खेद व्यक्त गर्दै त्यसको औचित्य नरहेको टिप्पणी गरे । 

‘सदस्यता फेरि–फेरि भर्नुपर्ने कारण छैन, त्यसको औचित्य देखिँदैन,’ उनले उल्लेख गरेका छन् ।

उनले पार्टीभित्र संस्कार, इतिहास र प्रगति पथ अनिश्चिततामा हराएको आरोप लगाउँदै विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा बस्न नसक्ने बताएका छन् ।

बजगाईँका अनुसार विशेष समूहहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन् । 

प्रभाव प्रयोग गरेर आधिकारिकता लिन नसके अप्ठ्यारो परिस्थिति सिर्जना गर्दै तथ्यांक संकलनको नाममा भित्री षड्यन्त्रमार्फत पार्टी नियन्त्रण गर्ने प्रयास भइरहेको उनको आरोप छ ।

उनले सदस्यताको ‘डीएनए’ बनाउने नाममा पार्टीभित्र शक्ति सन्तुलन परिवर्तन गर्ने खेल भइरहेको दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ७ : ३१ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले