भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन « Khabarhub

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मुखर्जीको उपचारका क्रममा सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा निधन भएको छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

उनले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका हुन् ।

अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका थिए ।

कोरोना देखिएपछि मुखर्जीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : २१ बजे

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर