कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल सञ्चालन « Khabarhub

कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल सञ्चालन


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ ।

सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको उक्त अस्पताल आजदेखि सञ्चालनमा आएको हो ।

काठमाडौँ महानगरपालिकाको विशेष पहलमा सरकारले निर्णय गरेपछि उक्त अस्पताल १०० वेड क्षमतासहित आजदेखि सञ्चालनमा आएको काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

उक्त अस्पतालमा शुरुको चरणमा ६ जना चिकित्सक र १२ जना नर्सले सेवा दिनेछन् । बिरामीको अवस्था हेरेर स्वास्थ्य जनशक्ति थप गरिने महानगरपालिकाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि उक्त अस्पताल बन्द हुँदै आएको थियो ।

अस्पताल खुलाउन काठमाडौँ महानगरपालिका–१६ ले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै पत्राचार गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ४० बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस