चार वर्षअघि नेपाल आएका थिए मुखर्जी « Khabarhub

चार वर्षअघि नेपाल आएका थिए मुखर्जी


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मुखर्जीको उपचारका क्रममा सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा निधन भएको छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

उनले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका हुन् । अगस्ट १० मा मुखर्जी आफैँले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए । कोरोना संक्रमण पुष्टि भएको २१ दिनमा उनको निधन भएको हो ।

मुखर्जीको दिमागमा जमेको रगत निकाल्ने क्रममा कोरोन परीक्षण गर्दा उनमा संक्रमण देखिएको बिबिसीले जनाको छ । यसपछि उनी अस्पतालमै थिए ।

मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी गत वर्ष भारत रत्नबाट सम्मानित भएका थिए । राष्ट्रपति हुनुअघि आफ्नो ५ दशक लामो राजनीतिक जीवनमा मुखर्जीले वाणिज्य, विदेश, रक्षा र अर्थ मन्त्रालयको जिम्मेवारी सह्मालेका थिए ।

मुखर्जीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका बोर्डमा पनि काम गरेका थिए ।

मुखर्जीको राजनीतिक जीवनको अधिकांश भाग भारतीय कांग्रेसमा बितेको थियो । उनले एकपटक कांग्रेस पार्टी परित्याग गरेर सन् १९८६ मा अलग्गै पार्टी गठन गरेका थिए तर दुई वर्षपछि कांग्रेसमै फर्के ।

मुखर्जी ३७ वर्ष भारतमा सांसद रहे । उनी राजनीतिक दलहरुबीच सहमति निर्माणमा कुशल मानिन्थे । सन् २०१४ अघि कांग्रेसको नेतृत्वमा संयुक्त सरकार चलाउनमा उनको सहमतीय भूमिका महत्वपूर्ण मानिन्छ ।

बिबिसीका अनुसार भारतको प्रधानमन्त्री हुने मुखर्जीको चाहना भने पूरा हुन पाएन । सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि मुखर्जीले प्रधानमन्त्री हुने प्रयास गरेका थिए ।

यसपछि सन् २००४ मा कांग्रेस पार्टीले अनपेक्षित जित हासिल गरेपछि पनि प्रधानमन्त्री हुने प्रयास गरेका थिए । दुवै पटक उनको प्रयास सफल भएन ।

मुखर्जी सन् २०१२ मा राष्ट्रपति निर्वाचित भए । भारतमा राष्ट्रपति पद आलंकारिकमात्रै भए पनि संसदमा कुनै पनि पार्टीले बहुमत हासिल नगरेको अवस्थामा सरकार निर्माणमा राष्ट्रपति भूमिका महत्वपूर्ण मानिन्छ । मुखर्जीको कार्यकालमा सन् २०१४ मा भएको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत हासिल गरेको थियो ।

मुखर्जी २०७३ साल कात्तिक तेस्रो साता नेपालको तीन दिवसीय भ्रमणमा आएका थिए । भारतीय राष्ट्रपतिको भ्रमण १७ वर्षपछि भएको थियो । नेपाल भम्रण गर्ने पछिल्ला भारतीय राष्ट्रपति मुखर्जी नै हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ०४ बजे

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली – बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी

६ किलोमिटर सडक कालोपत्रे

तुलसीपुर – दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको

खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झर्‍यो

काठमाडौँ – चेल्सी एस्टन भिल्लासँग २–० ले पराजित भएको छ

काठमाडौँ जाँदै गरेको बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

रामेछाप – खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च