चार वर्षअघि नेपाल आएका थिए मुखर्जी « Khabarhub

चार वर्षअघि नेपाल आएका थिए मुखर्जी


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मुखर्जीको उपचारका क्रममा सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा निधन भएको छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

उनले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका हुन् । अगस्ट १० मा मुखर्जी आफैँले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए । कोरोना संक्रमण पुष्टि भएको २१ दिनमा उनको निधन भएको हो ।

मुखर्जीको दिमागमा जमेको रगत निकाल्ने क्रममा कोरोन परीक्षण गर्दा उनमा संक्रमण देखिएको बिबिसीले जनाको छ । यसपछि उनी अस्पतालमै थिए ।

मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी गत वर्ष भारत रत्नबाट सम्मानित भएका थिए । राष्ट्रपति हुनुअघि आफ्नो ५ दशक लामो राजनीतिक जीवनमा मुखर्जीले वाणिज्य, विदेश, रक्षा र अर्थ मन्त्रालयको जिम्मेवारी सह्मालेका थिए ।

मुखर्जीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका बोर्डमा पनि काम गरेका थिए ।

मुखर्जीको राजनीतिक जीवनको अधिकांश भाग भारतीय कांग्रेसमा बितेको थियो । उनले एकपटक कांग्रेस पार्टी परित्याग गरेर सन् १९८६ मा अलग्गै पार्टी गठन गरेका थिए तर दुई वर्षपछि कांग्रेसमै फर्के ।

मुखर्जी ३७ वर्ष भारतमा सांसद रहे । उनी राजनीतिक दलहरुबीच सहमति निर्माणमा कुशल मानिन्थे । सन् २०१४ अघि कांग्रेसको नेतृत्वमा संयुक्त सरकार चलाउनमा उनको सहमतीय भूमिका महत्वपूर्ण मानिन्छ ।

बिबिसीका अनुसार भारतको प्रधानमन्त्री हुने मुखर्जीको चाहना भने पूरा हुन पाएन । सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि मुखर्जीले प्रधानमन्त्री हुने प्रयास गरेका थिए ।

यसपछि सन् २००४ मा कांग्रेस पार्टीले अनपेक्षित जित हासिल गरेपछि पनि प्रधानमन्त्री हुने प्रयास गरेका थिए । दुवै पटक उनको प्रयास सफल भएन ।

मुखर्जी सन् २०१२ मा राष्ट्रपति निर्वाचित भए । भारतमा राष्ट्रपति पद आलंकारिकमात्रै भए पनि संसदमा कुनै पनि पार्टीले बहुमत हासिल नगरेको अवस्थामा सरकार निर्माणमा राष्ट्रपति भूमिका महत्वपूर्ण मानिन्छ । मुखर्जीको कार्यकालमा सन् २०१४ मा भएको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत हासिल गरेको थियो ।

मुखर्जी २०७३ साल कात्तिक तेस्रो साता नेपालको तीन दिवसीय भ्रमणमा आएका थिए । भारतीय राष्ट्रपतिको भ्रमण १७ वर्षपछि भएको थियो । नेपाल भम्रण गर्ने पछिल्ला भारतीय राष्ट्रपति मुखर्जी नै हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ०४ बजे

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष