राष्ट्रियसभामा जान तयार छु, पूर्वनिर्णय कार्यान्वयन हुनुपर्छ : उपाध्यक्ष गौतम | Khabarhub Khabarhub

राष्ट्रियसभामा जान तयार छु, पूर्वनिर्णय कार्यान्वयन हुनुपर्छ : उपाध्यक्ष गौतम


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभामा जान तयार भएको बताएका छन्।

पार्टी सचिवालयले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको उनको भनाइ छ ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी अनुसार राष्ट्रियसभाको रिक्त पदमा गौतम जान तयार भएका हुन्।

“पार्टीको संस्थागत निर्णय मान्न तयार हुनुहुन्छ। कार्यदलले पनि सरकारले पार्टीको निर्णयअनुसार निर्णय लिने सुझाव दिएको छ”, सुवेदीले भने।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिँदै आएका छन्।

१४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो। सचिवालयको निर्णय विपरीत प्रधानन्त्री ओलीले अडान लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो।

तर, अहिले विवाद समाधान सुझाव प्रस्तुत गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष द्वय ओली र पुष्पकमल दाहाललाई बुझाइएको छ।

आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ । राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा पनि ठोस निर्णय हुने बुझिएको छ ।

गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भएपनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्री छन्। तर, खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित नगरे उनको पद स्वतः जाँनेछ।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।

संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो।

सोही समयदेखि उक्त पद खाली रहेको छ। भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : १२ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन