नारायणी अस्पतालमा 'प्लाज्मा थेरापी' विधिबाट कोरोना संक्रमितको उपचार शुरु | Khabarhub Khabarhub

नारायणी अस्पतालमा ‘प्लाज्मा थेरापी’ विधिबाट कोरोना संक्रमितको उपचार शुरु

अस्पतालकै पूर्व संक्रमित कर्मचारीले दिए प्लाज्मा


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगंजमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहको टोलीले वीरगंजमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो।

डा सिंहका अनुसार नारायणी अस्पतालमा उपचारत सर्लाहीका ३५ वर्षका पुरुषमा प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार शुरु गरिएको हो ।

ती बिरामी नारायणी अस्पतालमा भदौ १३ गते कोरोनाको गम्भिर प्रकृतिको लक्षण लिएर अस्पताल पुगेका थिए । उनको आईसीयूमा राखेर उपचार थालिएको छ ।

उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार ( भदौ १४ गते) पोजेटिभ आएपछि आइतबार साँझ नै प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको डा सिंहले बताए ।

‘सर्लाहीका ३५ वर्षका एकजना पुरुष ७ दिनअघि देखि ज्वरो आएको, ५ दिनअघिदेखि खोकी र २ दिनअघि देखि श्वासप्रश्वासमा समस्या भएको भन्दै १३ गते नारायणी अस्पतालमा आउनु भएको थियो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँलाई ल्याएको दिन आईसीयुमा राखियो, आइतबार उहाँमा कोभिड पोजेटिभ देखिएपछि उनको स्वास्थ्यअवस्थालाई हेरेर भेन्टिलेटरमा राखी राति साढे १० बजे प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गर्‍यौं ।’

ती बिरामीको रगतमा पनि संक्रमणको अन्य लक्षणहरु देखिएको तथा मुटुमा पनि खरावी देखिएको हुँदा प्लाज्मा थेरापी बिधिबाट उपचार थालिएको डा‍. सिंहले बताए ।

बिरामीको स्वास्थ्य अवस्था गम्भिर भएकाले अस्पतालले कोरोना निको भएका आफ्नै अस्पतालका कर्मचारी दामोदर अधिकारीबाट प्लाज्मा लिएर ती संक्रमतिलाई उपचार शुरु गरिएको डा सिंहको भनाइ छ ।

‘उहाँलाई हाम्रै अस्पतालको कर्मचारी ४३ वर्षका दामोदर अधिकारीले प्लाज्मा दिनुभयो,’ डा सिंहले भने, ‘उहाँ कोरोना संक्रमण भएर भर्खरै निको हुनुभएको थियो, उहाँको प्लाज्मा दिन मिल्ने भयो त्यसैले दिइयो ।’

आइतबार राती प्लाज्मा दिएपछि ती बिरामीको स्वास्थ्यमा केही सुधार आएको तर अवस्था अझै गीम्भर नै रहेको डा सिंहले बताए ।

‘प्लाज्मा थेरापीपछि उहाँको ब्लडको पारामिटरमा केही सुधार देखिएको छ,’ डा सिंहले भने, ‘अहिले पनि अवस्था त क्रिटिकल नै हो तर हिजोको भन्दा सुधार भएको छ ।’

डा सिंह नेपाल स्वास्थ्य अनुसन्धान परिषद वीरगंजको प्लाज्मा थेरापी सम्बन्धि फोकल पर्सन समेत हुन् । डा सिंहकै नेतृत्वमा प्लज्मा थेरापी शुरु गरिएको हो ।

वीरगंजमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गम्भिर प्रकृतिका संक्रमति पनि बढिरहेका छन् ।

डा सिंहले गम्भिर अवस्थाका कोरोना संक्रमतिको प्लाज्मा थेरापीबाट उपचार गर्न प्लाज्मा संकलनको लागि प्लाज्मा बैंक समेत स्थापना गर्न लागिएको बताए ।

उनले प्लाज्मा थेरापीका लागि आफूलाई व्यक्तिगत रुपमै ५० भन्दा बढी कोरोना निको भएका व्यक्तिहरुले सम्पर्क गरिरहेको पनि बताए ।

‘हामीले गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा बैंक बनाएर कोरोना निको भएका व्यक्तिहरुको प्लाज्मा संकलन गर्दै छौं,’ डा सिंहले भने, ‘डोनरबाट प्लाज्मा लिएर प्लाज्मा बैंकमा प्लाज्मा संकलन गरी बिरामीलाई आवश्यकता पर्दा प्रयोग गर्छौं, अहिलेसम्म ५० जना भन्दा बढीले प्लाज्मा दिन इच्छा देखाउनु  भएको छ । हामी कोरोना निको भएका अरुलाई पनि प्लाज्मा दान गर्न आग्रह गर्छौं।’

डा सिंहका अनुसार कोरोना संक्रमित गम्भिर अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिन्छ । त्यसका लागि कोरोना संक्रमण निको भएको दुई साता पुगेका व्यक्तिबाट रगत निकालेर त्यसबाट प्लाज्मा छुट्याइन्छ ।

उक्त प्लाज्मा कोरोना संक्रमणको कारण गम्भिर अवस्थामा पुगेका बिरामीलाई चढाइन्छ । यस्तो प्लाज्मा कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका बिरामीलाई २०० एमएल २ घण्टा भित्रमा दिइन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १० : १७ बजे

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

जानकी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आईसीपी)

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 

काठमाडौं– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल