स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा टिकटकमा भाइरल बनेकी बालिका समैराको प्रशंसा | Khabarhub Khabarhub

स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा टिकटकमा भाइरल बनेकी बालिका समैराको प्रशंसा


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास, काठमाडौंले  टिकटकमा चर्चित बालिका समैरा थापाको अभिनयको प्रशंसा गरेको छ ।

भारतीय एक अनलाइनले समैराका विषयमा प्रकाशित गरेको समाचार शेयर गर्दै कल्चरल सेन्टरले उनको अभिनयको तारिफ गरेको हो ।

कल्चरल सेन्टरले लेखेको छ, ‘ यी सानी नेपाली नानी आफ्नो सुन्दर हाउभाउ र अभिनयका कारण लाखौं मानिसको मनमा बस्न सफल भएकी छिन्। टिक-टकमा सुन्दर रातो जामा अनि रिबनमा सजिएकी समैरा थापाको धेरै भिडियोहरू सार्वजनिक भएका छन् ।’

समैरा भर्खरै दुई वर्षकी भइन् । तर, उनी गीतमा नृत्य गर्नमा भने माहिर छिन् ।

यी सानी नानीले सामाजिक सञ्जाल टिकटकमा नृत्य गरेका भिडियोहरु भाइरल हुन्छन् । उनले गीतअनुसार आफ्नो अनुहारको भाव पनि परिवर्तन गर्छिन् । उनको यो खुबीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले खुबै मन पराएका छन् ।

समैरालाई टिकटकमा २ लाख ७० हजारले फलो गरेका छन् । उनका अभिभावकले समैरालाई टिकटक बनाउनमा सहयोग गर्छन् ।

समैरा अझै राम्रोसँग बोल्न पनि सक्ने उमेरकी भएकी छैनिन् । तर, उनले टिकटकमा देखाएको कलाले उनलाई लाखौंले चिनिसकेका छन् ।

भारतीय मिडिया इन्डियन एक्सप्रेसले पनि समैराको तारिफ गर्दै समाचार तयार पारेको छ । समाचारमा भनिएको छ, ‘यी सानी नानीले आफ्नो हाउभाउले दिल जितिरहेकी छिन् ।’

समैराले बनाएका भिडियोमा लाखौं लाइक आएका छन् भने हजारौं प्रतिक्रिया आएका छन् । उनको भिडियो हेरेर धेरैले अभिनय र हाउभाउको तारिफ गरेका छन् ।

समैराकी आमा सबिना थापा भन्छिन् – छोरी सानैदेखि गीत बज्नासाथ नाच्न खोज्थिन् । अहिले पनि युट्युबमा आएका नयाँ गीतमा आफैले टिकटक बनाउँछिन् ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : २८ बजे

केजरीवालले अझै पाएनन् जमानत

काठमाडौं– भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थकेयर सेन्टरमा

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको