बिक्रमको श्वरमा पासाङको ‘सयौं डाँडा काट्दै आएँ’ (भिडियोसहित) « Khabarhub

बिक्रमको श्वरमा पासाङको ‘सयौं डाँडा काट्दै आएँ’ (भिडियोसहित)


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ ।

परदेशीको  व्यथा समेटिएको यो गीतमा ९ महिना हिडेर अमेरिका पुग्नेहरुको पीडालाई देखाइएको छ ।

गीतमा बिक्रम बरालले श्वर दिएका छन् । बराल नेपाल आइडल सिजन- २ का उपविजेता हुन् । उनले नेपाल आइडलमा भर्सटायल गायकको उपाधि पाएका थिए ।

हरि लम्सालको संगीत रहेको गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । रेकर्डिस्ट राजबाबु चौधरी र अजय कार्की हुन् । गीतमा मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

गीतको भिडियोमा गौरव पहाडी र वर्षा राउतले अभिनय गरेका छन् । गीतकार शेर्पा लामो समयदेखि अमेरिकामै रहे पनि नेपाली गीत संगीतमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

उनले भने, ‘हामी खुशीका लागि विदेश भौतारिन्छौं । विदेशमा सुख मिल्ला तर खुशी आफ्नै देशमा मिल्छ । ढिंडो नै खाए पनि आफ्नै देशमा जस्तो खुशी विदेशमा हुँदैन । गीतमा यही कुरा देखाइएको छ ।’

उनले यो छैटौं गीत हो । उनका केही गीत बजारमा ल्याइसकेका छन् भने केही रिलिज गर्दै तयारीमा रहेका छन् ।

उनले २१ वर्ष अगाडि ‘तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ’ बोलेका पहिलो गीत बजारमा ल्याएका थिए ।  उक्त गीतमा लाक्पा शेर्पाले श्वर दिएका थिए ।

पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइन’ र ‘नरोउ तिमी’ लगायतका गीतहरु चर्चित छन् ।  नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ पनि दर्शक तथा श्रोताले रुचाउनेमा आफू आशावादी रहेको गीतकार शेर्पाले बताए ।

‘सयौं डाँडा काट्दै आएँ’ (भिडियो)

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : १८ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले