तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा « Khabarhub

तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् ।

नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारी संस्थाहरुले सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् ।

सङ्घीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल रु २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल रु २ हजार ८ सय ८५ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् ।

सरकारले लागू गरेको न्यूनतम समर्थन मूल्यको कार्यान्वयन हुन नसकेको अवस्थामा तिलोत्तमा नगरपालिकाले सहजीकरण गरेपछि यहाँका ६ वटा साना किसान कृषि सहकारी संस्थाले किसानको धान खरिद गर्न सहमत भएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायत विषयमा छलफल गरेपछि सहकारी संस्थाहरु नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्डअनुसारको धान तोकिएका मूल्य र स्थानमा खरिद गर्न तयार भएका हुन् ।

यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न थाल्नेछन् ।

किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ । कृषि मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित गर्दै सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।

धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले बताए ।

नगरपालिकाले न्यूनतम समर्थन मूल्यमा धान बिक्री गरेर लाभ उठाउन किसानलाई र व्यापारीलाई समेत सरकारी दर रेटअनुसार खरिद गर्न निर्देशन गरेको छ ।

सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन् ।

न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुँदा किसानलाई ठूलो लाभ पुग्ने र कृषिमा सहकारीको भूमिका स्थापित हुँदै जाने नगरपालिकाको विश्वास छ ।

कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने सरकारको योजना छ । हाल तिलोत्तमामा टिकुलिगढ, गङ्गोलिया, करहिया, मधवलिया, शङ्करनगर, आनन्दवन साना किसान सहकारी संस्था छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ३ : २६ बजे

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,

बालेनको कार्यालय तोडफोड भन्दै एआईको दुरूपयोग, कारबाही गर्ने झापा प्रशासनको चेतावनी

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउने

टाटा टियागो इभी अब २४.९९ लाखमै

काठमाडौं–  टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले