विवाहको भोज खाएका २९ जन्ती बिरामी « Khabarhub

विवाहको भोज खाएका २९ जन्ती बिरामी


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विवाहको भोज खाएका बेदकोट नगरपालिका क्षेत्रका २९ जना जन्ती बिरामी भएका छन् ।

बेदकोट नगरपालिका– २ बसन्थला क्षेत्रका एक विवाहको भोजमा सहभागी भएका जन्ती बिरामी भएका हुन् ।

गएराति बिरामी भएका सबै जन्तीको महाकाली अस्पतालमा उपचार भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए । उनका अनुसार सबै बिरामी खतरामुक्त छन् । फुडप्वाइजनका कारण जन्ती बिरामी भएका हुन् ।

उनका अनुसार एकजनाको भेन्टिलेटर र बाँकीको सामान्य वार्डमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ३ : ४१ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो