बढी भाडा लिए ५ हजार जरिवाना | Khabarhub Khabarhub

बढी भाडा लिए ५ हजार जरिवाना


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिने थालेको छ।

लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन लगाएको थियो।

साउन २५ गते यता भने लकडाउन छैन। सार्वजनिक सवारी साधनहरूले सिट क्षमता अनुसार यात्रु बोक्न पाउने अवस्था छ।

तर, भाडा भने लकडाउनकै बेलामा जसरी ५० प्रतिशत बढी लिने गरेको गुनासोको आधारमा चेकिङलाई तीव्रता दिँदै हरेक सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले बताए।

उनले अब यात्रुवाहक हरेक सवारीसाधनमा चालकले भाडादरको विवरण अनिवार्य राख्नुपर्ने बताए। नराखिए कारबाही गरिने उनको चेतावनी छ।

यसअघि शुक्रबारमात्रै बढी भाडा लिने र भाडादर नटाँस्ने ४२९ वटा सवारीसाधनलाई कारबाही गरिएको उनले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : ०६ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले