जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो « Khabarhub

जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ ।

जर्मनीको स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ ।

जर्मनीमा कोरोना संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् ।

जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् ।

कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै मृत्यु हुनेको संख्या १० हजार ४५२ पुगेका छ।

जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि कतिपय क्षेत्रमा निषेधाज्ञा समेत लागू गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ५ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया