कोरोना कहर : 'हाँडीगाउँको जात्रा’ स्थगित | Khabarhub Khabarhub

कोरोना कहर : ‘हाँडीगाउँको जात्रा’ स्थगित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने जनाइएको छ।

चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो। गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ। मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो। चोक्काथुनाराणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले बताए।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ। जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए। दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन्। बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन। विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए। दिदीले समयमै बच्चा जन्माइन्। बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन। बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन्।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याइ उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा भयो। गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे। राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाइ रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए।

मैनको फूल चढाइ नारायणको आराधना गरे। चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए। नारायणलाई हाँडीगाउँ ल्याइ यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे। यसै बेलादेखि जात्रा सुरु भएको भन्ने जनविश्वास छ।

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासी बताउँछन्। नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाइ खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाइ गजुर घुसारेको स्थानमा पुजा गरिन्छ। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।

यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ। जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : २८ बजे

सिरियाली अन्तरिम राष्ट्रपति  मंगलबार टर्कीए जाने

एजेन्सी –सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले गत डिसेम्बरमा बशर अल

कर्णाली प्रदेशसभा- कानुन निर्माणभन्दा सत्ताको गोलचक्करमा खेर फाल्यो सात वर्ष

सुर्खेत– देश संघीयतामा गएयता कर्णालीमा प्रदेशसभामार्फत् सरकारले दुईवटा शासन अवधि

शिक्षकलाई देशभर खटाउन आवश्यक : मन्त्री भट्टराई

त्रिशूली – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी

त्रिशूली– यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन)युद्धको

इजरायलसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी