नवलपुरमा एकै दिन चार संक्रमितको मृत्यु, हिन्दु संस्कारअनुसार दाह संस्कार « Khabarhub

नवलपुरमा एकै दिन चार संक्रमितको मृत्यु, हिन्दु संस्कारअनुसार दाह संस्कार



नवलपुर– पूर्वी नवलपरासीका आज एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दुई जनाको होम आइसोलेशनमै रहेको अवस्थामा र अस्पतालको आइसोलेशनमा २ जना गरी आज एकै दिन चार जनाको मृत्यु भएको हो ।

होम आइसोलेशनमा रहेका नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६७ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

त्यस्तै, गैंडाकोट नगरपालिका १३ का ३८ वर्षका पुरुषको आज नै चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।

यसैगरी, नवलपुरकै बिनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासकी ६४ वर्षीय महिलाको पनि चितवन मेडिकल कलेजमा आज नै मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भई कात्तिक १२ गते अस्पताल भर्ना भएकी थिइन् । असोज १३ गते कोरोना पोजेटिभ देखिएकी ती महिलाको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

होम आइसोलेशनमा मृत्यु भएका कावासोतीका पुरुषलाई नगरपालिकाको समन्वयमा नारायणी नदीमा लगेर चितामा जलाएर दाहसंस्कार गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै परिवारको मागअनुसार दाहसंस्कार गर्न दिइएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले खबरहबलाई बताइन् ।

यसैबीच, पूर्वी नवलपरासीमा आज १४ जना नयाँ संक्रमित थपिएका छन् । ती सहित जिल्लाका कुल संक्रमितको संख्या १ हजार ७ सय ७ पुगेको छ । ती मध्ये १ हजार १ सय ८७ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । अब नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १६ रहेको छ ।

सक्रिय संक्रमित मध्ये रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा ११ जना, मध्यबिन्दु जिल्ला अस्पतालको आइसोलेशनमा ७ जना रहेका छन् भने ४ सय ८९ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । नौ जना संक्रमितको भने जिल्ला बाहिर उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : १५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको