नवलपुरमा एकै दिन चार संक्रमितको मृत्यु, हिन्दु संस्कारअनुसार दाह संस्कार | Khabarhub Khabarhub

नवलपुरमा एकै दिन चार संक्रमितको मृत्यु, हिन्दु संस्कारअनुसार दाह संस्कार



नवलपुर– पूर्वी नवलपरासीका आज एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दुई जनाको होम आइसोलेशनमै रहेको अवस्थामा र अस्पतालको आइसोलेशनमा २ जना गरी आज एकै दिन चार जनाको मृत्यु भएको हो ।

होम आइसोलेशनमा रहेका नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६७ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

त्यस्तै, गैंडाकोट नगरपालिका १३ का ३८ वर्षका पुरुषको आज नै चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।

यसैगरी, नवलपुरकै बिनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासकी ६४ वर्षीय महिलाको पनि चितवन मेडिकल कलेजमा आज नै मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भई कात्तिक १२ गते अस्पताल भर्ना भएकी थिइन् । असोज १३ गते कोरोना पोजेटिभ देखिएकी ती महिलाको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

होम आइसोलेशनमा मृत्यु भएका कावासोतीका पुरुषलाई नगरपालिकाको समन्वयमा नारायणी नदीमा लगेर चितामा जलाएर दाहसंस्कार गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै परिवारको मागअनुसार दाहसंस्कार गर्न दिइएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले खबरहबलाई बताइन् ।

यसैबीच, पूर्वी नवलपरासीमा आज १४ जना नयाँ संक्रमित थपिएका छन् । ती सहित जिल्लाका कुल संक्रमितको संख्या १ हजार ७ सय ७ पुगेको छ । ती मध्ये १ हजार १ सय ८७ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । अब नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १६ रहेको छ ।

सक्रिय संक्रमित मध्ये रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा ११ जना, मध्यबिन्दु जिल्ला अस्पतालको आइसोलेशनमा ७ जना रहेका छन् भने ४ सय ८९ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । नौ जना संक्रमितको भने जिल्ला बाहिर उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : १५ बजे

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी

  काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर

अवैध लागूऔषधसहित १० जना पक्राउ

पर्सा– पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा– नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको