भिटेनले मागे माफी, अब ‘पारा’ गीत संशोधन गरेर ल्याइने « Khabarhub

भिटेनले मागे माफी, अब ‘पारा’ गीत संशोधन गरेर ल्याइने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- र्‍यापर भिटेन अर्थात समिर घिसिङले आफ्नो नयाँ र्‍याप ‘पारा’ संशोधनसहित नयाँ म्यूजिक भिडियो ल्याउने भएका छन्।

आज विज्ञप्ति जारी गर्दै उनले गीतमा प्रयोग भएका आपत्तिजनक शब्दहरुका कारण पर्न गएको असुविधा तथा चोट प्रति क्षमा माग्दै संशोधित नयाँ म्युजिक भिडियो ल्याउन जनाएका छन् ।

उनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिने उल्लेख गरेका छन्।

“सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।”

उनको गीतमा केही अश्लिल शब्द प्रयोग गरिएपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो।

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गराएका थिए। युट्युबको ट्रेण्डिङ एकमा रहेको उक्त गीतमा १० लाखभन्दा बढी भ्यूज गइसकेको थियो। विवादमा मुछिएपछि उनले १३ गते नै उक्त गीत युट्युबबाट हटाइसकेका छन्।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ३७ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा