कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १४ हजार ७४४ संक्रमितको मृत्यु « Khabarhub

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १४ हजार ७४४ संक्रमितको मृत्यु


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको संक्रमण विश्वका २१८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार (१५ पुसमा) १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा धेरै संक्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरूमा पनि एकैदिन ५ हजार बढी संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार ९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ हजार ५९१ संक्रमितको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ हजार ७९६, अफ्रिकामा ७०१ र ओसिनियामा पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको हो ।

यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २३ हजार ५१० जना  संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : ४१ बजे

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने

जेन-जी आन्दोलनमा तोडफोड भएका सिसिटिभी क्यामरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने    

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी

व्यवस्थित बन्दै कुलेश्वर फलफूल बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानरपालिकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलान गर्ने

काठमाडौंलाई एकपछि अर्को झट्का, तीन ब्याटर सस्तैमा आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेट अन्तर्गत चितवन राइनोजविरुद्ध

देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर

काठमाडौं– काठमाडौँँ महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा