आज राष्ट्रिय मेलमिलाप दिवस, मुलुकभर कांग्रेसले विविध कार्यक्रम गर्दै « Khabarhub

आज राष्ट्रिय मेलमिलाप दिवस, मुलुकभर कांग्रेसले विविध कार्यक्रम गर्दै


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस ।

जननायक बीपी कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर भारतबाट स्वेदश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आव विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई बर्खास्त गरेका थिए ।

कोइराला सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेता जेल परेका थिए ।

जेलमुक्त भएपछि २०२५ सालमा बीपीसहितका कांग्रेस नेता भारत निर्वासित भएका थिए । आठ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरू बीपी, गणेशमान सिंहलगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

यही दिनको सम्झना एवं सम्मानमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरिएको छ ।

राष्ट्रियता, प्रजातन्त्र स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका बीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको राजनैतिक विचार अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्ष अघि अवलम्बन गरेको नीति अहिले पनि अति सान्दर्भिक रहेको कांग्रेस नेताहरुको भनाइ छ ।

यस वर्षको दिवसमा कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरूद्धको कदमबारे जनतालाई सुसुचित गराउँदै मनाउँने जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ८ : ४० बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः