नेकपाको जिल्ला–जिल्लामा शक्ति प्रदर्शनको होड « Khabarhub

नेकपाको जिल्ला–जिल्लामा शक्ति प्रदर्शनको होड



पोखरा– सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछि जिल्ला जिल्लामा पार्टीका दुबै समूहमा शक्ति प्रदर्शनको होड चलेको छ ।

पार्टीको ठूलो शक्ति आफूतिर रहेको देखाउन दुबै समूहले जिल्ला जिल्लामा प्रदर्शन, गुटगत भेला तथा प्रशिक्षणहरु गरिरहेका छन् । गण्डकी प्रदेशका सबैजसो जिल्लाहरुमा दुबै समूहले भेला प्रशिक्षण गर्न थालेका हुन् ।

दाहाल–नेपाल समूहले जिल्ला जिल्लामा कार्यकर्ता भेला तथा प्रशिक्षण भनेर कार्यक्रम गरिरहेको छ भने ओली समूहले सडकमा मास प्रदर्शन गरी शक्ति देखाउने होडमा छ ।

कतै कार्यालय कब्जा, कतै प्रदर्शन

पार्टी विभाजनलगत्तै ओलीसमूहले अधिकांश ठाउँमा बल प्रयोग गर्न थालेको छ । पार्टी कार्यालयहरुमा तालाबन्दी गर्नेदेखि दाहाल–नेपाल समूहको भेलामा अवरोध गर्ने काममा ओलीसमूह अगाडि देखिएको छ ।

पार्टीमा विभाजनको रेखा कोरिएपछि लमजुङमा ओली समूहले पार्टी कार्यालयमा तालाबन्दी गरे । ओली निकट कार्यकर्ताहरुले जिल्ला अध्यक्षकै कार्यकक्षमा ताला लगाउँदै गुटगत गतिविधि नगर्न चेतावनी दिए ।

जिल्ला अध्यक्ष मधुमायाँ अधिकारी दाहाल–नेपाल समूहको भएकाले युवा संघको जिल्ला संयोजक ऋषि बस्नेत नेतृत्वको ओली समूहले कार्यालयमा तालाबन्दी गरी अधिकारीलाई केहीबेर कार्यकक्षमा थुन्नेसमेत काम गरे । शक्तिको होडमा दुबै समूहले बेशीसहरमा छुट्टाछुट्टै प्रदर्शन गरे ।

दाहाल–नेपाल समूहले नवलपुरको गैंडाकोट नगरकमिटीले आयोजना गरेको कार्यकर्ता भेला पनि ओली समूहले अवरोध गर्यो ।

दाहाल–नेपाल समूह कार्यकर्ता प्रशिक्षणमा

नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले भने प्रशिक्षण तीब्र पारेको छ । पार्टीको स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सह–इन्चार्ज यशोदा सुवेदी गुरुङ लगायतका नेताहरु भेला प्रशिक्षणमा ब्यस्त रहेका छन् ।

दाहाल–नेपाल समूहले कास्की, म्याग्दी, तनहुँ, नवलपुरमा जिल्ला स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न गरिसकेको छ । भेला प्रशिक्षणमा सो समूहले फुटको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले सत्ताको चरम दुरुपयोग गर्नुका साथै भ्रष्टाचारमा लिप्त भएको दाहाल–नेपाल समूहले आरोप लगाउँदै आएको छ ।

कास्कीको पोखरामा भएको जिल्ला स्तरीय प्रशिक्षणमा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले यति होल्डिङ, सुन काण्ड, वाइडवडीदेखि बुढीगण्डकीलगायतका काण्ड मच्चाएर ओलीले देश लुटिरहेको आरोप लगाए ।

कास्कीको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ, चुडामणी जंगली, सीता गिरी, कास्की सचिव बखानसिंह गुरुङ लगायत उपस्थित थिए ।

तनहुँमा दाहाल नेपाल समूहले आइतबार गरेको कार्यकर्ता भेलामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका हरीबहादुर चुमान पनि उपस्थित थिए । चुमान यसअघि रामबहादुर बादल समूहमा हुन् ।

तनहुँ जिल्ला अध्यक्ष केदार सिग्देल र कार्यालय सचिव राजेश्वर ढाकाल ओली समूहमा छन् भने सचिव राजेन्द्रकेशरी न्यौपाने दाहालसमूहमा छन् । पार्टी केन्द्रका निर्णय सार्वजनिक गर्न भन्दै दाहाल समूहका जिल्ला सचिव मित्रशरण शर्मा पनि उपस्थित कार्यक्रम ओली समूहको अवरोधले चल्न सकेन ।

????????????????????????????????????

गण्डकीमा ओलीको बहुमत सांसद

गण्डकी प्रदेशको ६० प्रदेश सदस्यमध्ये बहुमत सदस्य केपी ओली पक्षका छन् । स्वतन्त्रबाट निर्वाचित भई नेकपामा गएका राजीव गुरुङ (दीपक मनाङे) सहित ४० सदस्य रहेको नेकपामा ११ सदस्य दाहाल–नेपाल समूहका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ लिएर पनि बहुमत पुग्न नसक्ने भएपछि ओली पक्षधर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने आँट दाहालसमूहले गरेको छैन । राष्ट्रिय जनमोर्चाको मात्रै साथ लिएर गुरुङ सुरक्षित हुने देखिएका छन् ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : २६ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा