बागमती सफाइको ४००औँ हप्ता : सात स्थानमा चेतना जगाइने « Khabarhub

बागमती सफाइको ४००औँ हप्ता : सात स्थानमा चेतना जगाइने


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ ।

सफाइ महाअभियानको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ ।

जनचेतनामूलक सफाइ अभियानपछि दिउँसो मीनभवनमा ४००औँ हप्ताको मुख्य कार्यक्रम गरिने अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।

जनचेतनामूलक कार्यक्रमका लागि संयोजकसमेत तोक्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अभियानकर्मीहरु नरेश रञ्जित, ताराबहादुर कुँवर,   लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

मीनभवनमा भने मूल कार्यक्रम गर्न लागिएकाले त्यहाँको नेतृत्व महाअभियानले नै गर्ने जनाइएको छ ।

सफाइको ४००औँ हप्ताको नारा र स्टिकर भने तयारीका लागि छलफल जारी छ । यसै हप्ताभित्र त्यसको निर्णय भइसक्ने जनाइएको छ ।

सार्वजनिक र निजी यातायातमा सफाइसम्बन्धी चेतना जागृत हुने किसिमका स्टिकर र परिचय पुस्तिका समेत वितरण गर्ने महाअभियानको तयारी छ ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरुआत भएको सफाइ महाअभियान आगामी पुस २५ गते शनिबार ४००औँ हप्तामा प्रवेश गर्दैछ ।

बैठकमा चीनका लागि पूर्वनेपाली राजदूतसमेत पौडेलले स्थानीय तहलाई सफाइमा जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकले काठमाडौँ उपत्यकाका नगरपालिकालाई पनि सफाइमा परिचालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

उनले नदी एवं सार्वजनिक स्थलमा फोहर फाल्नेलाई स्थानीय तहले जरिवाना गर्नुपर्ने व्यवस्था गर्न महाअभियानका तर्फबाट अनुरोध गरिने बताएका थिए ।

गत शनिबार बुद्धनगर क्षेत्रको नदी किनारमा फोहर फाल्ने सात जनाबाट काठमाडौँ महानगरपालिकाले जरिवाना गरी रु २३ हजार जम्मा गरेको छ ।

जरिवना गरिएको निश्चित प्रतिशत फोहर फाल्नेको सूचना दिनेलाई दिई प्रोत्साहनको व्यवस्था गर्न पनि महाअभियानले उपत्यकाका स्थानीय सरकारसँग माग गरेको छ ।

महाअभियानले यसअघि नै थापाथली र त्रिपुरेश्वर क्षेत्रको सफाइको जिम्मेवारी महानगरपालिका ११ नं. वडालाई दिइसकेको छ । त्यसैगरी अन्यत्र पनि जिम्मेवारी दिइने जनाइएको छ ।

बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरुले विभिन्न स्थानमा बिच्छ्याएको ढल टालिएकाले नदीमै फोहर पानी आउन थालेको गुनासो गरेका जनाइएको छ ।

सफाइ महाअभियानको ४००औँ हप्ताको अवसर पारेर अधिकार सम्पन्न वाग्मतीले नदीको शिरोभाग सुन्दरीजल क्षेत्रमा माछाका भुरा छोड्ने तयारीसमेत गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १ : ५९ बजे

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस