दाहाल-नेपाल समूहको प्रदेश-१ संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन « Khabarhub

दाहाल-नेपाल समूहको प्रदेश-१ संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले  प्रदेश- १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ ।

नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल– नेपाल समूहले राईलाई कारबाही गर्दै दलको नेतामा आचार्यलाई चयन गरेको हो ।

संसदीय दल भित्र अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट राईलाई निस्कासन गरी आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको नेता जीवन घिमिरेले जानकारी दिए ।

राईलाई हटाएको जानकारी गराइएको पत्रमा ३६ जनाको हस्ताक्षर छ । यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेकी छन् ।

दाहाल-नेपाल समूहले बुधबार बागमती प्रदेशको संसदीय दलको नेता पनि चयन गरेको थियो ।

मुख्यमन्त्री डोममणि पौडेललाई हटाएर सो समूहले अष्टलक्ष्मी श्रेष्ठलाई नेता चयन गरेको थियो ।

पुस ५ प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपामा एकले अर्कालाई कारबाही गर्ने क्रम बढ्दै गएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १२ : ३६ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६