संसद विघटनको विरोध गर्दै महिला संगठनले सभामुखलाई बुझाए ध्यानाकर्षण पत्र | Khabarhub Khabarhub

संसद विघटनको विरोध गर्दै महिला संगठनले सभामुखलाई बुझाए ध्यानाकर्षण पत्र


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा प्रतिनिधित्व गर्ने विभिन्न चारवटा राजनीतिक दल आवद्ध महिला संगठन र सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेको र त्यो खारेज हुनुपर्ने माग गर्दै अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशिल साझा महिलाकातर्फबाट पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको बताए ।

उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । सभामुख सापकोटाले संसद विघटनका बारेमा बृहत रुपमा राय, सल्लाह, सुझाव लिइरहेको र परामर्श गरिरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  २ : ०९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको