डिप्रोक्समा बिलय हुने भयो नाडेप, देशकै बलियो लघुवित्त बन्ने प्रतिबद्धता « Khabarhub

डिप्रोक्समा बिलय हुने भयो नाडेप, देशकै बलियो लघुवित्त बन्ने प्रतिबद्धता


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडलाई प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।

प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा यी दुई संस्थाका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् ।

प्राप्ति सम्बन्धी समझदारीपत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।

यस्तै, रमेशकुमार रघुवंशीको संयोजकत्वमा नरेशमान प्रधान, हरिकृष्ण सुवेदी र वेदप्रसाद शिवाकोटी सदस्य रहेका संयुक्त प्राप्ति समिति गठन गरिएको उल्लेख छ ।

लघुवित्त क्षेत्रमा देखापरेको दोहोरो प्रतिस्पर्धा घटाउन एवम् धेरै लघूवित्त वित्तीय संस्थाहरुले एउटै सदस्यलाई लगानी गरेका कारणले सिर्जना भएको अवस्था र यसले अर्थतन्त्रमा पार्नसक्ने दूरगामी प्रभावलाई विश्लेषण गर्दै एक सबल र सक्षम लघूवित्त वित्तीय संस्थाको रुपमा स्थापित भई ग्राहक सदस्यहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतहरुमा अभिवृद्धि गरी दीर्घकालसम्म स्तरीय सेवा प्रदानका लागि प्राप्ति सम्बन्धी समझदारीमा हस्ताक्षर भएको दुवै संस्थाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

चितवन जिल्लाको भरतपूरमा केन्द्रीय कार्यालय रही देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत करिब २ लाख २२ हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी रु.१ अर्ब ५४ लाख रहेको छ भने धादिंग जिल्लाको गजूरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी रु. ४० करोड ४८ लाख रहेको र देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेड र नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको लगानीमा रहिरहेको कर्जा रकम क्रमशः रु. १४ अर्ब ८३ करोड र रु. ४ अर्ब ५४ करोड रहेकोमा प्राप्ति पश्चात जम्मा रु. १८ अर्ब ३७ करोड हुनेछ बचततर्फ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडको रु. ५ अर्ब ६२ करोड र नाडेपको रु. १ अर्ब ५४ करोड समेत गरी जम्मा ७ अर्ब १६ करोड कायम हुनेछ ।

यी दुई संस्था एक भएपछि लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा एउटा सवल, सक्षम र नेतृत्वदायी लघुवित्त वित्तीय संथाको रुपमा स्थापित भई अग्रणी लघुवित्त वित्तीय संस्था बन्ने र ग्राहक सदस्यहरुले पनि स्तरीय सेवा पाउने तथा सेयरधनीलाई समेत राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ३ : १९ बजे

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा