काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्यो ।
विराटनगरका आन्द्रे रसेलको अन्तिम बलमा तीन रन चाहिएको अवस्थामा जनकपुरका सैफ हसनले छक्का प्रहार गर्ने प्रयास गरेका थिए । तर, उनको प्रहार बसिर अहमदले क्याच गरे ।
यससँगै विराटनगरले दुई रनको जित हासिल गर्यो ।
विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।
जनकपुरका लागि सेफ हसनले सर्वाधिक ७१ रन बनाएपनि जिताउन सकेनन् । ४८ बलको सामना गरेका हसनले २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुस्लिङले ३० बलमा ४३ र जिमी निशमले १५ बलमा २९ रन जोडे ।
विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिए ।
यससअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले तिन विकेटको क्षतिमा १७४ रन बनायो ।
जनकपुरविरुद्ध विराटनगरका लागि आन्द्रे रसेल, इम्रान शेख र लोकेश बमले अर्धशतक बनाए । रसेलले २९ बलमा पाँच छक्का र एक चाैकाको मद्दतमा ५२ रन बनाएका हुन् ।
शेखले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनी अभिषेक तिवारीको बलमा १३ ओभरको दोस्रो बलमा आउट भएका हुन् । उनले ४५ बलको सामना गरेर ५६ रन बनाए ।
विराटनगरका ओपनर लोकेशले ४० बल खेलेर ५० रन पूरा गर्दै अर्धशतक पूरा गरे । उनको इनिङ्समा पाँच चौका र तीन छक्का समेटिएको थियो ।
ओपनर शेहान जयसूर्या मात्र तीन बल खेलेर एक रन बनाउँदा आउट भएपछि इम्रान र लोकेसले उत्कृष्ट साझेदारी गरेका हुन् ।
विराटनगरविरुद्ध ६ जना बलर प्रयोग गरेको जनकपुरका लागि अभिषेक तिवारीले दुई विकेट हात पार्दा मोइन अलीले एक विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।














प्रतिक्रिया