जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा « Khabarhub

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै उहाँले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट पारे। कांग्रेस संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गरेको दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

सो अवसरमा सभापति देउवाले भने, “बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियो, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो ।”

बिपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राखेको बताउँदै उनले लोकतान्त्रिक अधिकार शान्तिपूर्ण ढङ्गले जनतालाई दिलाउन लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको स्मरण गरे ।

“मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन खोज्यो तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो, बिपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट नेता गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो”, उनले भने ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ३ : ४५ बजे

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो