आकर्षक फिचरसहित ‘भिभो वाई ट्वान्टी’ नेपाली बजारमा « Khabarhub

आकर्षक फिचरसहित ‘भिभो वाई ट्वान्टी’ नेपाली बजारमा


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई ट्वान्टीको नयाँ भेरियन्ट स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ ।

५००० एमएएच ब्याट्री सहित आएको वाई ट्वान्टीमा एआई ट्रिपल म्याक्रो क्यामेरा (१३ २ एमपी २ एमपी) र म्याक्रो र बोके क्यामेरा र सेल्फी फिचरहरु साथै थुप्रै क्यामेरा विशेषताहरु रहेका छन्, जसले तपार्इंको जिन्दगीको पलहरुको विवरण र पूर्णताको साथ कैद गर्न सक्नुहुन्छ ।

भिभो वाई ट्वान्टीको मुख्य आकर्षण यसको एआई पावर सेभिङ प्रविधि रहेको लामो टिकाउ ब्याट्रि क्षमता रहेको छ, जसबाट रिभर्स चार्जिङ पनि गर्न सकिन्छ । वाई ट्वान्टीमा साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर पनि रहेको छ, यो नयाँ विशेषताले फोन एक सेकेण्डभन्दा पनि कममा अनलक गर्दछ ।

युवापुस्तालाई लक्षित गरिएको भिभोको वाई सिरिज यसको नवीन प्रविधि र सुरुचिपूर्ण डिजाइनका लागी प्रख्यात छ । जसले प्रविधिप्रेमी युवाहरुको दिनहुँ जीवनलाई समर्थन गर्दछ ।

ग्राहक केन्द्रित डिजाइन र नवीनताप्रति आफ्नो प्रतिबद्धता राख्दै, हालै सुरु गरिएको भिभो वाई ट्वान्टी हल्का वजन, पातलो र आकर्षक २.५ एचडी आकार रहेको एक स्मार्टफोन हो ।

युवा प्रयोगकर्ताहरुको दैनिक जीवनशैलीलाई पूर्ण रुप दिन वाई ट्वान्टी दुई रङहरुमा उपलब्ध छ , ओबसिडियन ब्ल्याक् र नेबुला ब्लु ।

फोनमा प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्ने साईड–माउन्टेड फिंगररप्रिन्ट स्क्यानर फिचर रहेको छ, जसले फोन अनलक गर्ने अनुभनलाई थप सहज बनाउँछ । थप सुरक्षाका लागी, प्रयोगकर्ताहरुले फिन्गरप्रिन्ट स्क्यानर र मोडर्न फेस–वेक फिचर प्रयोग गर्न सक्छन् ।

फोनको रियर एआई ट्रिपल क्यामेरामा १३ एमपी र २ एममपीको म्याक्रो क्यामेरा र २ एमपीको बोके फिचर रहेको छ, जसबाट प्रयोगकर्ताहरुले विभिन्न परिप्रेक्ष्यबाट तस्वीरको गुणस्तरमा सम्झौता नगरी उत्कृष्ट तस्वीरहरु लिन सक्छन् ।

यस स्मार्टफोनमा ६.५१ इन्चको हलो डिस्प्लेका साथ आई–प्रोटेक्सन विशेषता पनि रहेको छ । लामो टिकाउ ब्याट्री र प्रयोगकर्ताको आँखाको सुरक्षालाई ध्यानमा राख्दै तयार गरिएको स्किृनले चलचित्र हेर्ने र हाई डेफिनिसन गेमहरु खेल्ने अनुभवलाई पूर्णता प्रदान गर्छ ।

फोना शक्तिशाली क्वालकम् स्न्यापड्रागन प्रोसेसरको साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज स्पेस रहेको छ जसमा २५६ जीबीसम्म माइक्रोएसडी कार्ड क्षमता बढाउन सकिन्छ ।

उक्त फोनमा अल्ट्रा–गेम मोड पनि रहेको छ, जसले अविरल र रमाइलो गेमिङ अनुभव सुनिश्चित गर्नको लागी सुविधा प्रदान गर्दछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : ३९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको