ओली पक्ष वैधानिक भएकाले सूर्य चिन्ह हामीले नै पाउँछौँ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

ओली पक्ष वैधानिक भएकाले सूर्य चिन्ह हामीले नै पाउँछौँ : मन्त्री श्रेष्ठ


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले बिहीबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै मन्त्री श्रेष्ठले पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई ‘पेण्डुलम’ बनाएको बताएका हुन ।

उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए ।

नेकपा ओली पक्ष वैधानिक भएको दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समूहले पाउने जिकिर गरे ।

मन्त्री श्रेष्ठले प्रचण्ड-माधव नेपालले सूर्य चिन्ह पाएको खण्डमा भीम रावल र नारायणकाजी श्रेष्ठले सो चुनाव लडन नपाउने जिकिर गरे ।

मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउदै आफूहरुले कसैलाई पनि पार्टीबाट निष्काशन नगरी सदस्यहरु मात्रै विस्तार गरेको बताए ।

अगुवा कार्यकर्ता भेलामा काठमाडौ क्षेत्र नं ९ का अगुवा कार्यकर्ता सहित काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : ४९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र