सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो « Khabarhub

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगिताबाट ६६६ पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

प्रधान कार्यालयका अनुसार कुल मागमध्ये सशस्त्र प्रहरी जवान पदमा ६०४ जना माग गरिएको छ । जवान पदमा खुलातर्फ ३२६, आदिवासीरजनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ ।

त्यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचर माग गरिएको छ । जसमा भान्छे पदमा ३८, कूचिकारमा ८, केशकर्तकमा ७, सूचिकारमा ६, चर्मकर्मीमा २ र माली पदमा १ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यी पदमा पनि खुला तथा समावेशी समूहअनुसार कोटा निर्धारण गरिएको छ ।

इच्छुक उम्मेदवारले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिने उम्मेदवारले भने आफूले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ ।

दरखास्त दिएका उम्मेदवारको प्रारम्भिक शारीरिक परीक्षण सम्बन्धी तालिका आगामी कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलले इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ८ : ३२ बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई