दाइले खरको कुन्युमा आगो लगाउँदा २ वर्षीया बहिनीको जलेर मृत्यु  « Khabarhub

दाइले खरको कुन्युमा आगो लगाउँदा २ वर्षीया बहिनीको जलेर मृत्यु 


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो ।

बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

घटनास्थल गाँजरी प्रहरीचौकीबाट चार घण्टाको पैदलदूरीमा रहेको बताइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ८ : २१ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला