ललिता निवास जग्गा प्रकरणमा मुछिएकी ढकाललाई दुई लाख धरौटीमा छाड्न आदेश « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मुछिएकी ढकाललाई दुई लाख धरौटीमा छाड्न आदेश


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेकी उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि आज उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग रु ९१ लाख २० हजार बिगो माग दाबी गरेको थियो ।

राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफूसमेतको नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पु¥याएकाले उनलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको थियो ।

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा शोभाकान्तकी पत्नी उमाकुमारी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा ढकालसँग अख्तियारले रु ३९ करोडभन्दा बढी बिगो माग दाबी गरेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ३७ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता