भीम रावलले पार्टीको ३० लाख गायब पारेको नेता थापाको आरोप  « Khabarhub

भीम रावलले पार्टीको ३० लाख गायब पारेको नेता थापाको आरोप 


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-उद्योगमन्त्री कर्णबहादुर थापाले स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख रुपैयाँ गायब पारेको आरोप लाएका छन्।

उनले फेसबुकमा लामो स्टाटस लेख्दै नेता रावलले ३० लाख गायब पारेको आरोप लगाएका हुन्। उनले यस कार्यलाई अत्यन्तै नीज र अपराधिक मानसिकताको उपजको रुपमा लिएको बताएका छन् ।

‘नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखत तयार पार्न मुख्य भूमिका खेल्नेमध्येका एक डा. भीम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ ? भन्ने कुरा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ’ उनले लेखेका छन्, ‘पार्टीको बैंक खाता अध्यक्षको हैसियतले मेरो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेपबहादुर चौधरीको नाममा रहेको थियो।’

नेता रावलले बैंकमा समेत दबाब दिएर पार्टीको ३० लाख गायब पारेको दाबी गरेका छन्।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भीम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदुरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ ।

पार्टीको बैंक खाता अध्यक्षको हैसियतले मेरो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेप बहादुर चौधरीको नाममा रहेको थियो । पार्टी फूटको तहमा पुगे पछि मैले दिनेश चन्द्र सुवेदी र नेप बहादुर चौधरीलाई पार्टी सम्पत्ति साझा हो । बैंक पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्नु होला । राजनीतिक विवाद र पक्षधरता आफ्नो ठाउँमा छ तर सम्पत्तिको दुरुपयोग भयो भने व्यक्तिगत जिम्मेवार लिनु पर्दछ भनेको थिए ।

पार्टी कार्यालयमा तालाबन्दी भएका कारणले कृषि विकास बैक धनगढीका मेनेजरलाई पार्टीको नामबाट चेक आएमा पैसा नदिनु होला भनेर पनि भनेको थिए । तर डा. भीम रावलको दबाबमा पार्टीको ३० लाख गायव पारिएको छ ।

यसलाई मैले अत्यन्तै नीज र अपराधिक मानसिकताको उपजको रुपमा लिएको छ । आम पार्टीकार्यकता र नेपाली जनतालाई फुटवादीको यथार्थता बुझिदिनको लागि हार्दिक अपिल गर्दछु ।

नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भीम रावललाई पार्टी विभाजन…

Posted by Karna Bahadur Thapa on Wednesday, 30 December 2020

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ५५ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु