क्यान्सरबाट बचाउने खानेकुरा : ब्रोकाउलीदेखि लसुनसम्म « Khabarhub

क्यान्सरबाट बचाउने खानेकुरा : ब्रोकाउलीदेखि लसुनसम्म


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामीले दैनिक रुपमा खाने खानाले केही न केही फाइदा गरिरहेको हुन्छ । तर, केही खाना यति गुणकारी छन् की ती खानाको नियमित सेवन गर्‍यो भने हामीलाई स्वस्थ राख्न भरपुर मद्दत गर्छ ।

यी हुन क्यान्सरबाट बचाउने खानेकुरा

१. ब्रोकाउलीः ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउछ । मानव शरीरले पनि यो हार्मोन निर्माण गर्छ । तर, ब्रोकाउलीले  खाएपछि मात्रै त्यो हार्मोन सक्रिय हुन्छ । धेरै शोधले यो कुरालाई सावित गरिसकेको छ । ब्रोकाउलीले शरीरमा क्यान्सरको कोशिकाको निर्माण हुनबाट रोक्छ । ब्रोकाउलीमा भएको तत्व शरीरको डिटक्सीफाई हुनमा सहयोग गर्छ । यसले शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ । यसबाट हामी घातक क्टेरीयाबाट बच्न सकिन्छ ।

२. लसुनः तपाईँ हामी कतिपय व्यक्तिलाई लसुनको गन्ध नै मन पर्दैन । तर, त्यही लसुन  क्यान्सरबाट बचाउनका लागि यो एकदमै उपयोगी छ । पहिलेदेखि नै क्यान्सर भएमा पनि लसुनको प्रयोग गर्नुपर्छ । लसुनको सेवन गर्नाले क्यान्सरको कोशिका छिट्टै नष्ट हुन्छ र डिएनए पनि छिट्टै ‘रिपेयर’ हुन्छ । लसुनमा एच पाइलोरीसहित ब्याक्टेरियासँग लड्ने एन्टीअक्सिडेन्ट गुण हुन्छ । जुन अल्सर र पेटको क्यान्सरको हुनबाट बचाउँछ ।

३. अदुवाः अदुवामा पाइने एन्टी अक्सिडेन्टसले क्यान्सरको सेल्ससँग लड्न मद्दत गर्छ । नियमित रुपमा अदुवा खाएमा क्यान्सर हुने सम्भावना निकै हदसम्म कम गर्छ । यसको साथै अदुवाले कोलेस्ट्रोलको स्तर पनि कम गर्छ । यसले रगतको क्लट जम्नबाट पनि रोक्छ । यसमा एन्टी फंगल र क्यान्सरको प्रतिरोधी गुण पनि पाइन्छ ।

४. गाजरः गाजर स्वादको हिसावले पनि निकै मिठो हुन्छ । त्यसको साथै स्वास्थ्य गुण भएको सब्जी हो । यसको सेवनले क्यान्सरबाट बच्न सहयोग गर्छ । गाजरमा रोगसँग लड्न सक्ने पोषक तत्व र एन्टीअक्सिडेन्ट जस्ता बीटा क्यारोटिन आदि प्रचुर मात्रामा पाइन्छ । जसले कोशिका झिल्लीको क्षतिग्रस्त हुनबाट रक्षा गर्छ र क्यान्सर कोशिकाहरुको विकासको गतिको कम गर्छ । यस सन्दर्भमा न्युक्यान्सल युनिभर्सिटी र युनिभर्सिटी अफ साउर्दन डेनमार्कको वैज्ञानिकहरुको शोधमा गाजरमा जीवाणुनाशक फ्यालक्यारिनाल पाइन्छ, जो मानवको लागि लाभदायक मानिन्छ । शोधकर्ताको अनुसार फ्यालक्यारिनाल क्यान्सरको आशंकाको ३३ प्रतिशतसम्म कम गर्नमा सहयोग गर्छ ।

५. पौष्टिक सब्जीः जाडोको मौसम छ । बजारमा पौष्टिक सब्जीहरु निस्कन थालिसकेको छ । यस्ता सब्जीहरुले हाम्रो स्वास्थ्यलाई फाइदामात्र गर्दैन, धेरै प्रकारको रोग लाग्नबाट पनि बचाउछ । केही खाना यस्तो छ जसको हामीले नियमित आहारमा सामिल गर्यौ भने क्यान्सर जस्तो ज्यानमारा रोगबाट पनि बच्न सक्छौँ । प्रकृतिले हामीलाई सबै कुरा मिलाएर दिएको छ । कुन सिजनमा हामीलाई कस्तो खानाको आवश्यकता पर्छ त्यस्तै खाना त्यो सिजनमा पाइन्छ । त्यसैले सिजनमा पाइने खानेकुराको मात्र सेवन गरौँ भरसक बेमौसमी तरकारी फलफुलहरुको सेवन नगरौँ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ४५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका