टेष्ट वरियताको शीर्ष स्थानमा केन विलियमसन | Khabarhub Khabarhub

टेष्ट वरियताको शीर्ष स्थानमा केन विलियमसन


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईसीसीको टेष्ट ब्याटिङ्ग वरियतामा न्युजिल्याण्डका कप्तान केन विलियमसन शीर्ष स्थानमा उक्लिएका छन् ।

विराट कोहलीलाई पछि पार्दै कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन् ।

पछिल्लो वरियतामा कोहली दोस्रो र अष्ट्रेलियाका भेट्रान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।

भारतका कप्तान कोहलीसंग ८ सय ७९ रेटिङ्ग प्वाइन्ट रहेको छ । यस्तै, स्मिथसंग ८ सय ७७ रेटिङ्ग प्लाइन्ट रहेको छ ।

सन् २०२० मा विलियम्सले ४ टेष्ट म्याच खेले । उनले यसको दौरान ४ सय ९८ रन बनाए ।

यस वर्ष उनको औसत ८३ रहन पुग्यो । यस वर्ष विलियमसनले २ शतक र १ अर्धशतक प्रहार गर्न सफल भए ।

शीर्ष ३ ब्याट्सम्यानसंगै चौथो नम्बरमा मार्नस लाबुशाने चौथो नम्बरमा रहे । टेष्टको बलिङ्ग वरियतामा प्याट कमिन्टस शीर्ष स्थानमा रहे । स्टुअर्ट बर्ड दोस्रो स्थानमा रहे ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ०२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको