अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने « Khabarhub

अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ ।

विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।

वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।

यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन् ।

विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइट  www.dpfe.gov.np को अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ । फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ ।

विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौँको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ । विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ ।

श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासर्वड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ ।

आवेदक आफैँले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ ।

विभागले यसअघि नै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइसकेको छ । बीमा र कल्याणकारी कोषको रकम अनलाइनबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले जनाएको छ ।

अनलाइन सेवा प्राप्त गर्न कार्यालय उपस्थित भइरहनु नपर्ने हुँदा सेवाग्राहस्लाई थप सहज हुने विभागले विश्वास लिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १० : ३० बजे

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं– अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली