गण्डकी प्रदेशमा मन्त्री चुमान र मगरलाई बर्खास्त गर्ने तयारी « Khabarhub

गण्डकी प्रदेशमा मन्त्री चुमान र मगरलाई बर्खास्त गर्ने तयारी



पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्याबिनेटका दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

गुरुङले आफ्नो क्याबिनेटका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई बर्खास्त गर्ने तयारी गरेका हुन् ।

चुमान र थापा नेकपा प्रचण्ड–नेपाल समूहमा छन् । दाहाल–नेपाल समूहमा लागेका उनीहरु केपी ओली समूहको खुलेर बिरोधमा लागेपछि आफ्नो समूहबाट बर्खास्त गर्न दबाब परेको हो ।

६० जना प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा स्वतन्त्रबाट निर्वाचित राजीव श्रेष्ठ (दीपक मनाङे्)सहित नेकपाका ४० सदस्य छन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि २७ जना प्रदेश सांसद नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहमा देखिएका छन् ।

प्रदेश संसदको सभामुख नेत्रनाथ अधिकारीसहित १३ जना नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहमा रहेको सो समूहकी गण्डकी प्रदेश सहइन्चार्ज यशोदा सुवेदीले बताइन् ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान र कृषि मन्त्री मगरले ओलीको साथ छाडेका छन् ।

रामबहादुर थापा बादल समूहका चुमान प्रचण्ड–नेपाल समूहमा सक्रिय रुपमा लागेका छन् । उनी सो समूहको जिल्ला स्तरीय भेला प्रशिक्षणमा सहभागी हुँदै आएका छन् ।

आफ्नो समूहको साथ छोडे पनि उनीहरुलाई मिलाएरसँगै लैजाने मुख्यमन्त्री गुरुङले सोंचेपनि आफ्नो समूहको दबाबले गर्दा दुई जना मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

त्यसअघि पुस २१ गते प्रदेशको विशेष अधिवेशन बोलाउने प्रदेश सरकारको योजना छ । विशेष अधिवेशनको अवस्था आंकलन गरेर उनीहरुलाई बर्खास्त गर्न लागिएको संसद सचिवालय स्रोतले बतायो ।

‘अहिले गण्डकी प्रदेशमा त्रिकोणात्मक अवस्था रहेकाले जसको बल पुग्छ, उसले जुनसुकै निर्णय लिन सक्छ,’ नेकपा गण्डकी प्रदेशकी सहइन्चार्ज सुबेदीले भनिन्, ‘हामीले केही गर्न सक्ने अवस्था छैन ।’

दुबै समूहले पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा शक्ति प्रदर्शन तथा ११ वटै जिल्लामा भेला प्रशिक्षण गर्दै आएको छ ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको १५ सदस्य छन् भने राष्ट्रिय जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका २ सदस्य छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ४९ बजे

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

काठमाडौं– नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा कुनै

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने

कर्णाली नदीमा मिनीबस खस्यो

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का