नेकपा विभाजन हुँदा मुटु फुटेको अनुभव भएको छ : नेता शर्मा « Khabarhub

नेकपा विभाजन हुँदा मुटु फुटेको अनुभव भएको छ : नेता शर्मा


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभाका नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले नेकपा विभाजन हुँदा आफ्नो मुटु फुटेको अनुभव भएको बताएका छन् ।

शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशनमा दलका तर्फबाट मन्तव्य राख्दै शर्माले सो कुरा बताएका हुन् ।

उनले पार्टी एकता हुँदा आफू र नेपाली जनता पनि खुसी भएको भन्दै आज पार्टी फुट्दा वा फुटको संघारमा पुग्दा मुटु फुटेको अनुभव भएको बताए ।

उनले प्रतिनिधि सभा नभएका बेला यो सभाले खवरदारी गर्ने, नीति निर्मााणमा सहयोग गर्ने तथा जनताका आवाज संयमित र मर्यादित ढंगले उठाउने बताए ।

नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताए ।

उनले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गरे ।

नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताउँदै उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ४९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल