नेकपा विभाजन हुँदा मुटु फुटेको अनुभव भएको छ : नेता शर्मा « Khabarhub

नेकपा विभाजन हुँदा मुटु फुटेको अनुभव भएको छ : नेता शर्मा


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभाका नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले नेकपा विभाजन हुँदा आफ्नो मुटु फुटेको अनुभव भएको बताएका छन् ।

शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशनमा दलका तर्फबाट मन्तव्य राख्दै शर्माले सो कुरा बताएका हुन् ।

उनले पार्टी एकता हुँदा आफू र नेपाली जनता पनि खुसी भएको भन्दै आज पार्टी फुट्दा वा फुटको संघारमा पुग्दा मुटु फुटेको अनुभव भएको बताए ।

उनले प्रतिनिधि सभा नभएका बेला यो सभाले खवरदारी गर्ने, नीति निर्मााणमा सहयोग गर्ने तथा जनताका आवाज संयमित र मर्यादित ढंगले उठाउने बताए ।

नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताए ।

उनले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गरे ।

नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताउँदै उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ४९ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार